लीलाराज झापाली
झापाको दूधेमा जारी प्रथम टुवोर्ग दूधे गोल्डकपको उपाधिका लागि विभागिय टिम शसस्त्र प्रहरी एपिएफ र चर्च व्वइज काठमाण्डौ विच भिड्न्त हुने भएको छ । सोमबार जारी दोस्रो सेमी फाइनल खेलमा एपिएफ क्लबले हिमालयन सेर्पालाई २–१ गोल अन्तरले हराउँदै बुधबार हुने फाइनल खेलका लागि स्थान पक्का गरेको हो ।
सोमबार भएको खेलमा एपिएफ क्लबले खेलको पहिलो हापको इन्जुरी समय र दोस्रो हापको ३७ औ मिनेटमा गोल गर्दै विजयी बनेको हो । एपिएफका लागि इन्जुरी समयमा क्याप्टेन मिलन राईको क्रस पासमा हरि कार्कीले हेडिङ्ग मार्फत र दोस्रो गोल रुप बहादुर लामाको ठूलो डिबक्स बाहिरबाट गरेको फाउल प्रहारलाई सदुपयोग गर्दै युवराज खड्काले हेड मार्फतनै गोल गर्नु भएको हो । खेलको अग्रता भने हिमालय सेर्पाले खेलको १५ औं मिनेटमा गरेको थियो । सेर्पाले एपिएफका खेलाडीद्वारा अन गोल (आत्माघाती ) उपहार पाएको थियो । हिमालयन सेर्पाका विदेशी खेलाडी अब्बाको पासमा हिमालयनका खेलाडी वि.के लामाले गरेको प्रहार एपिएफका खेलाडीले बचाउँन खोज्दा आफ्नै पोसमा गोल हुन पुगेको थियो ।
सुरुवाती १–०को अग्रता जोगाउन नसक्दा हिमालयन सेर्पा सेमी फाइनल बाट बाहिरिनु परेको छ । सोमबारको खेलको म्यान अफ दी म्याच विजयी टिमका श्याम नेपाली हुनुभयो । उहाँलाई पूर्व कानुन मन्त्री अग्नी खरेलले नगद ५ हजार प्रदान गर्नु भयो । एफिएफको यो जीत सँगै कम्तिमा १ लाख ५१ हजार पुरस्कार सुरक्षित भएको छ । बुधबार हुने फाइनल खेलको विजेताले नगद ३ लाख १ हजार प्राप्त गर्ने छ । सोमबारको खेलमा दुवै टिमले गोल गर्ने सुन्दर अवसरहरु गुमाएका थिए ।
खेलको पहिलो हापको १८ औ मिनेटमा हिमालयन सेर्पाका क्याप्टेन लक्ष्मण जि.सी.ले डिबक्स नजिकै बाट गरेको फाउल प्रहार एपिएफका गोल किप्पर राजु नगरकोटीले मुस्किलले बचाउनु भएको थियो । यसै गरी खेलको ५४ औं मिनेटमा एपिएफका रुक बहादुर लामाको हेडिङ्ग क्रसबारमा लागेर बाहिरिएको थियो ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै