ताजा अपडेट
Home / Main News / धनुषकोटी कृषिको आम्दामी २६ लाख

धनुषकोटी कृषिको आम्दामी २६ लाख

कनकाई अनलाईन
धनुषकोटी कृषि सहकारीको छैटौ बार्षिक साधरणसभा शुक्रवार सम्पन्न भएको छ ।
कनकाई सामुदायिक वन समुहको सभाहलमा भएको साधरणसभामा संस्थाका अध्यक्ष गोपाल प्रसाईँले संस्थाले यस बर्ष २६ लाख १० हजार ८ सय रुपैँया आम्दामी गर्न सफल भएको र हाल संस्थामा २ सय ६२ जना शेयर सदस्य रहेको समेत जानकारी दिनुभयो । प्रसाईले संस्थाले आगामी दिनमा कृषकलाई लक्षित गरि उन्नत बिउजिवन वितरण लगायातका कार्यक्रम गर्न लागेको समेत जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य हिराकुमार थापाले कृषि सहकारीले कृषकलाई आधुनिक र उनीहरुको जिवन पद्धति बदल्नका लागि भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जीवनसमृद्धि सहकारीकी उपाध्यक्ष तथा पुर्व सासद पुजा खनाल , स्टार्ट अफ रुमका प्रमुख द्धारिका निरौला , लगायातले संस्थाले आगामी दिनमा थप आर्थिक र कृषकको जिवनस्तर उकास्नमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो । साथै सहभागि अतिथिले संस्थाले स्थापनाको छोटो समयमानै आर्थिक र सामाजिक गतिविधिमा संस्थाले महत्वपुर्ण योगदान पुर्याएको भन्दै खुलेर प्रशंसा गरेका थिए । यसैविच संस्थाले बर्षभरमा उत्कृष्ट वचत गर्ने वचतकर्ताहरु दिनेश राम , देवका घिमिरे र कमल थपलिया यसैगरि उत्कृष्ट ऋणिहरु तिलचन न्यौपाने , अर्जुन गिरी र अधिनलाल राजवंशीलाई सम्मान गरिएको थियो ।

यता संस्थाका कर्मचारी तर्फ रितादेवि खड्का , प्रेमकला फयाल ( भट्टराई ) , नरमाया पाठक , जमुना तिम्सिना चापागाई , र संगिता पुरीलाई समेत सम्मान गरिएको थियो । संस्थाका सचिव मेदनीप्रसाद पाठकको संचालनमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष यामनाथ सेढाँईले गर्नुभएको थियो ।

Facebook Comments

Check Also

कनकाई उवासंघको पदस्थापना

कनकाई अनलाईन सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *