कनकाई अनलाईन
झापा शिवसताक्षी र कनकाई नगरपालिकाको सिमामा रहेको दिपेन्द्र प्राथमिक विद्यालयको भावी योजना लक्ष्य र आर्थिक बर्षको आयव्याय सार्वजनिक गरिएको छ ।
शिवसताक्षी नगरपालिकाका वार्डनम्बर १० का वार्डअध्यक्ष कर्णबहादुर थापाको प्रमु आथित्यतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष एवम् संचारकर्मी समेत रहेका कुमारसिंह साँबा लिम्बुले विद्यालयको आगामी शैक्षिक र भौतिक लक्ष्यवारे बोल्दै विद्यालयलाई घोकन्ते शिक्षा भन्दापनि प्राविधिक शिक्षामा जोड दिने योजना रहेको बताउनुभयो । साथै विद्यालयमा हाल कक्षा १ देखि ६ सम्म पुर्ण अंग्रेजी माध्यमबाट पठ्नपाठन हुदै आएकोमा अव कक्षा ८ सम्मनै अंग्रेजी माध्यमको बनाइने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रअ सिताराम न्यौपानेले आर्थिक बर्ष २०७४÷७५ र ७३÷७४ को आयव्याय सार्बजनिक गर्नुभएको थियो ।
कार्यक्रममा गैडे सामुदायिक वन समुहका अध्यक्ष अमृत कार्की , वार्डसदस्य भाष्कर सिटौला , शिक्षक अभिभावक संघका अध्यक्ष देवि प्रसाद गुरागाई लगायातले मन्तव्य राख्नुभएको थियो । विः स २०५८ सालमा स्थानीय कृष्णप्रसाद पोखरेलको घरमुनिबाट पठनपाठन सुरु भएको यस विद्यालयमा हाल पक्की भवन र २ सय वढि विद्यार्थी अंग्रेजी माध्यमबाट अध्यानरत् रहेका छन ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी