काठमाण्डौं । विपक्षी गठबन्धनमा रहेको दल नेकपा माले सरकारमा सहभागी हुने भएको छ ।
बालुवाटार स्रोतका अनुसार मालेका अध्यक्ष सीपी मैनाली पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बन्दैछन् । उनले आजै सपथ लिने बताइएको छ ।
संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा बहुमत संख्या पुगाउन प्रधानमन्त्री प्रचण्डले नेकपा मालेलाई उपप्रधानमन्त्री पद दिएर सरकारमा सहभागी गराउन लागेको स्रोतको भनाई छ । यसका लागि मैनालीसँग प्रधनमन्त्रीले पटक पटक छलफल गरेका छन् ।
‘पहिला सीपी मैनालीलाई उपप्रधानमन्त्री बनाएरै प्रधानमन्त्री ज्यूले आजै सपथ गराउनुहुन्छ,’ स्रोतले भन्यो– ‘त्यसपछि नेकपा माले समर्थन लिएर संविधान संशोधन विधेयक पारित गराउनुहुन्छ ।’
यसविषयमा थप टुंगो लगाउन प्रधानमन्त्री प्रचण्ड र मालेका अध्यक्ष सीपी मैनालीबीच आजपनि छलफल भइरहेको छ ।
यसअघि माले एमाले नेतृत्व ९ दलीय विपक्षी गठबन्धनमा सहभागी थियो । थ्रेसहोल्ड लागु गर्दा एमालेले साना दललाई साथ नदिएपछि गठबन्धनबाट ३ दल निष्क्रिय भएका छन् । जसमा एकनाथ ढकालको परिवार दल, मैनालीको नेकपा माले र एउटा अर्को दल रहेका छन् । दैनिक नेपालबाट
Trending
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल