कनकाई अनलाईन
झापाको विर्तामोडमा प्रथमपटक अन्तरापष्ट्रिय व्यापार महोत्सव हुने भएको छ ।
विर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा रमपम तयारी चाउचाउ र सहारा नेपाल चारपानेको प्रायोजनमा आगमी माघ १३ गतेदेखि २३ गतेसम्म विर्तामोडमा हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगित व्यापार महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनहरु जुम्लाको मार्सी चामल देखि भारत , पाकिस्तान , बंगलादेश , चीन र थाइल्याण्डका त्यहा उत्पादित सामाग्रीहरुको २ सय स्टलहरु रहने महोत्सव मुल आयोजक समितिका अध्यक्ष प्रकाश शिवाकोटीले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभएको छ ।
महोत्सवमा १ करोड ५ लाख खर्च हुने र २० करोड रुपैँया भन्दा बढिको आर्थिक कारोवार हुने सो महोत्सवमा झापा तथा छिमेकी जिल्ला र देशका २ लाख आन्तरिक तथा बाह्य पर्यटकले यहाको स्वदेशी तथा विदेशी उत्पादन र कला संस्कृतिसग प्रत्यक्ष साक्षात्कार हुने मौका पाउने उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।
महोत्सवमा हरेक दिन विषयविज्ञ बोलाएर आर्थिक , औद्योगिक र पर्यापर्यटनका वारेमा बहस तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाले बताउनुभयो । पत्रकार सम्मेलनको संचालन बाणिज्य महासंघका महासचिव प्रसान्त भण्डारीले गर्नुभएको थियो ।
Trending
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा
- बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित
- बालकको शव फेला