ताजा अपडेट
Home / फिचर / भद्रपुरमा फेरि यातायात बन्द

भद्रपुरमा फेरि यातायात बन्द

कनकाई अनलाईन
हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको विपी चौक दक्षिण क्षेत्रमा आइतबार विहानबाट स्थानीयले सडक अवरोध गरेकाकारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ ।
सडक निर्माणको दुर्इृ वर्षे अवधिमा विपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबने निश्चित हुन नसकेको, सडकमा परेका खाल्डाखुल्डीले यात्रा जोखिम बढाएको, सडक निर्माण जिम्मा लिएको निर्माण कम्पनीले सडक लथालिङ्ग बनाएर वेवास्ता गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै छिटो निर्माण सम्पन्न गराउन दवाव दिन सडक अवरोध गरिएको स्थानीयको भनाइ छ ।
निर्माण ठेकेदारले नाली खन्ने र सडक सम्याउने काम अन्य स्थानमा गरेको भए पनि नेपाली सेनाले ओगटेको ५ सय मिटर क्षेत्रमा कुनै काम नगरेको र भएको खाल्डाखुल्डी नपुरेर धराप बनाएर काममा ढिलासुस्ती गर्दा सडक दुर्घटना बढेको, आसपास बनाइएका सडक नाली तथा कल्र्भटका काम गुणस्तरहीन भएको, सडक निर्माणको सम्झौता अनुसार प्रारम्भिक ग्राभेलिङ नगरेको तथा आसपासका बासिन्दालाई असर पार्ने धुलो नियन्त्रणको संम्झौता पालना नगरेको भन्दै वी पी चौक दक्षिण चन्द्रगढीका स्थानीयले सडक अवरोध गर्दा उत्तर दक्षिण यातायात दिनभर बन्द गराएका हुन । यातायात बन्दका कारण विद्यालयका गाडी, एम्बुलेन्स लगायत सार्वजनिक सवारीका साधनले अन्यत्रै घुम्नु पर्दा हैरानी ब्यहोर्नु परेको थियो ।
यस क्षेत्रमा पटक पटक स्थानीयले सडक निर्माण तीव्र पार्न दवाव दिँदै आए पनि निर्माण ठेकेदारले वेवास्ता गरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको संघर्षमा उत्रिएका स्थानीयको भनाइ छ । स्थानीयका अनुसार भइरहेको सडक निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न नसकेकोले समस्या बढीरहेको हो । सरकारले नेपाली सेनाले ओगटेको जमिनबाट सडक विस्तारको क्षेत्र लिन नसकेका कारण ८ सय मिटर सडक हुलाकी सडक परियोजनाले काम गर्न नसकेको जनाइएको छ । यता स्थानीय सेनाको बाहना बनाएर वि सं २०२८ सालदेखिको मूल सडक विस्थापन गर्न परियोजनाले खेल खेलेकोले सडक कायम गर्न अबरोध गरिएको स्थानीय अशोक रामको भनाई छ । उहाले यो अबरोध संकेत मात्र भएकोले समस्या हल नभए संगठित रूपमै स्थानीय सडकमा उत्रने चेतावनी समेत दिनुभयो । यता सडक अवरोध खुलाउने विषयमा कुनै पनि सरोकारवाला निकायको ध्यान जान नसक्दा सो सडकमा हिड्ने यात्रु भने दिनभर मारमा परेका छन ।
यता सघन सहरी विकास कार्यक्रम अन्र्तगत सडक विस्तारका क्रममा सडक पोल सार्ने बाहनामा २० दिन यता टेलिफोन बिच्छेद भएको भन्दै टेलिफोन सुचारुको माग गरी भद्रपुर ९ र ८ का स्थानीयले नेपाल टेलिकमलाई ध्यानाकर्षण गराएका छन् ।
झापा कारागार पूर्वका १६ घर परिवारले उपयोग गर्दै आएको ल्याण्डलाई फोनको तार विद्युत पोल सार्ने बाहनामा चुडाइए पनि जडान नहुँदा फोन सेवा तथा इन्टरनेट सेवा विच्छेद भएकोले अबिलम्भ मर्मत गरी सेवा सुचारु गर्न नेपाल टेलिकम चन्द्रगढीमा ध्यानाकर्षण गराइएको हो । टलिकम सेवाबाट विच्छेद भएका १६ परिवारले ३ दिन भित्र सेवा सुचारु नभए टेलिकमको ल्याण्डलाइन सेवा वहिस्कार गर्ने चेतावनी समेत दिँदै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

Facebook Comments

Check Also

कनकाई उवासंघको पदस्थापना

कनकाई अनलाईन सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *