कनकाई अनलाईन
मानव कल्याण प्रकोप व्यावस्थापन समिति घैलाडुब्वाको अध्यक्षमा पुन कमल थापा सर्वसम्मत हुनु भएको छ ।
समितिको शनिवार भएको छैटौ साधरणसभाबाट पुन थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा शिव राजबंशी , सचिवमा ओमनाथ मैनाली र कोषाध्यक्षमा पुनम अधिकारी र सदस्यहरुमा माधव सुवेदी , सुमित्रा मर्डी , मोहन राजवंशी , टार्जन राजबंशी , मुना राई , नरेन्द्र बुडाथोकी र कमला बोहोरा रहनुभएको छ ।
समितिले कनकाई नगरपालिका ९ मा रहेको विरिङ्ग नदि क्षेत्रको १२ विगाह क्षेत्रमा बृक्षारोपण गरि कटानबाट रोकथाम गर्दै आएकोमा अव आगामी दिनमा सो क्षेत्रलाई पिकनिक स्पर्टका रुपमा अगाडि बढाउने समेत निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रममा कनकाई नगरपालिका ९ का वाडध्यक्ष प्रेम राजबंशीले यसका लागि कनकाई नगरपालिकाबाट यस आर्थिक बर्षमा ५ लाख र वार्डनम्बर ८ र ९ बाट थप अढाई लाख रुपैँया विनियोजित गरिसकिएको समेत जानकारी दिनुभयो । मानव कल्याण प्रकोपका नगर अध्यक्ष गोपाल चुडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्डध्यक्ष राजबंशी , समाजसेवी शेरबहादुर थापा , अरुणोदय बोर्डिङ्ग स्कुलका अभय राजबंशी , नेपाल आदिवाशी जनजाति महासंघका कनकाई नगर अध्यक्ष धर्मलाल राजवंशी लगायातले मन्तव्य राख्नुभएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान