कनकाई अनलाईन
झापा जिल्लालाई माघ १ गतेदेखि मदिरा निषेधित नगरिका रुपमा घोषणा गर्ने निर्णय निर्णय गरेकै पहिलो दिननै घोषणा असफल बनेको छ ।
पुर्वकै चर्चित धार्मिक कनकाई माइवेनी मेलामा खुल्ला रुपमा सयौ अबैध लोकल रक्सीका स्टलहरु राखिएको पाइएको थियो भने अत्याधिक रक्सी सेवनकै कारण मेला भर्न आएका एकजना करिव ५५ बर्षिय भक्तजनको कनकाई माइमा डुबेर मृत्यु समेत भएको छ । स्थानीयका अनुसार मृतक उनी मेला भर्न आएका भक्तजन हुन भने उनी मेलामा अत्याधिक मादक पदार्थ सेवन गरेर नाच्दै रमाइलो गर्दै थिए , उनी मातेर मकर स्नान गर्न जादा डुबेर ज्यान गएको हुनसक्ने दावी स्थानीयको छ । प्रहरीले उनको शवलाई पोस्ट म्याटमका लागि मेची अंञ्चल अस्पताल भद्रपुर लगेको छ । उनको हालसम्म नाम थर , वतन खुल्न नसकेको प्रहरीको भनाई छ ।
यस बर्षको माइवेनी मेलामा जथाभावी मादक पदार्थ बिक्रि गर्न प्रतिबन्द गर्ने भन्दै प्रहरीले ३ दिनपहिलेदेखि मेलामा माइकिङ्ग , गरेपनि मेलापरिसरमा सयौको सङ्ख्यामा मदिरा पसलहरु थापिएको थियो । यहि मदिरा पसलहरुमा अत्याधिक मदिरा सेवन गरेर भक्तजनको ज्यानै गएपछि झापामा मदिरा प्रतिबन्ध लगाउने स्थानिय तह र प्रहरीको अभियान पहिलो गासँमै ढुङ्गा भएको सरोकारवालाको भनाई छ । कनकाई माईको वारि कोहिहवनतर्फ मेलाका दिन वाहेक बर्षदिनसम्मनै मदिराको कारोवार गर्न र विक्रि वितरण गर्न प्रतिबन्द लगाइदै आएको छ ।
तस्बीर ः माइवेनी मेलामा राखिएका सयौ मदिरा विक्री पसल लीलाराज झापाली
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान